सुन तस्करीको भरिया पक्राउ गरे पनि मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा : रवि लामिछाने

१४ साउन , काठमाडौँ : हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा सभापति रवि लामिछानेले सुन तस्करीको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेकाले ती मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका हुन् ।

उनले भने, “सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ साथै , हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्, स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ र रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोचौँ किनकी यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू छन् ”

पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उनले त्यसतर्फ सचेत रहन आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *