सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनायो: एमाले महासचिव शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सडकमात्रै नभएर हवाई मार्गबाटसमेत सुन तस्करीका घटनाले राष्ट्रलाई नै लज्जित बनाएको बताएका हुन् ।

तस्करीका घटनामा सरकारको नेतृत्व गरिरहेका दलकै नेताको नाम मुछिनु गम्भीर विषय भएको उनको भनाई छ । ‘केही दिन अघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलेमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एयरपोर्टको सुरक्षा प्रणालीलाई पारगरेर बाहिरिएको एक क्विन्टल सुन समातिएको छ,’ उनी भन्छन्, ‘एयरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरूको नाम समेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *