सुन चाँदीको मूल्य बढ्यो

६ भदौ, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन मूल्य तोलामा एक सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १० हजार ६०० सय र तेजावी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । भने मंगलबार छापावाल सुन एक लाख १० हजार ५०० रुपैयाँमा र तेजावी सुन एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ । भने हिजो १४ सय १५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *