सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

२१ साउन , काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ ।

आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । र तेजावी सुनको मूल्य एक लाख ११ हजा ९५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य १४ सय २५ रुपैयाँमा स्थिर छ ।

गत शुक्रबार छापावाल सुन एक लाख १२ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ६५० र चाँदी १४ सय २५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *