सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१४ साउन, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

छापावाल सुन बुधबार एक लाख १२ हजार ५०० रुपैयाँमा थियो भने तेजावी सुन एक लाख ११ हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, चाँदी १४ सय ८० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *