सुनको मूल्य घट्यो, चाँदीको स्थिर

३ भदौ, काठमाडौं : नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । भने तेजावी सुनको मूल्य एक लाख ९ हजार ७५० रुपैयाँ रहेको छ । शुक्रबार एक लाख १० हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख ९ हजार ८५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । चाँदीको मूल्य भने शुक्रबारको जस्तै १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *