सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढ्यो

१६ भदौ, काठमाडौँ : यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ ।

गत शुक्रबार बजारमा हलमार्क गरिएको राम्रो सुनको मूल्य प्रतितोला १११ हजार एक सय रुपैयाँ थियो । यो शुक्रबार बढेर १ लाख १२ हजार ५ सय पुगेको सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज शुक्रबार प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँ रहेको छ । यो साता चाँदीको भाउ पनि बढेको छ ।

गत साताको तुलनामा प्रति तोला २० रुपैयाँले बढेको छ । चाँदीको भाउ एक हजार ४ सय ५० रुपैयाँ रहेकोमा शुक्रबार प्रतितोला १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । यो नोट गर्न महत्त्वपूर्ण छ कि एक तोला 11.66 ग्राम बराबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *