सुनको जलहरीको विषयमा सत्यतथ्य जानकारी गराइयोस्: सांसद पौडेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीको विषयमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले आज पशुपति विकास कोष, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले सुन जोखेको उल्लेख गर्दै कति सुन हराएको? कति सुन बाँकी छ? भनेर सदनलाई जानकारी गराउन माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *