सुदूरपश्चिममा नीति तथा कार्यक्रम ल्याउन ढिला

काठमाडौं ।सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०-२०८१ को नीति तथा कार्यक्रम अझै प्रदेश सभामा ल्याउन सकेको छैन । यद्यपि बजेटको अन्तिम तयारीमा जुटेको प्रदेश सरकारको दाबी छ ।

असार १ गते प्रदेश सरकारको वार्षिक बजेट ल्याउनुपर्ने हुन्छ । तर अहिलेसम्म प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम नै पेस नभएका कारण आगामी आर्थिक वर्षको बजेट कस्तो आउँछ भन्नेमा अन्योल छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको भन्दै गहन छलफल गर्नुपर्ने विषयलाई बेवास्ता गरिएको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *