सुदूरपश्चिममा कृषि अनुदान कटौति

काठमाडौं ।सुदूरपश्चिमका किसानलाई यसअघि दिँदै आएको अनुदान रकम आगामी आर्थिक वर्षका लागि कटौति गरिएको छ। अब किसानलाई अनुदान नभएर विनाब्याज ऋण दिन चार करोड बजेट विनियोजन गरिएको छ। शून्य ब्याजदरमा व्यवसायीक रुपमा कृषि उत्पादन गर्ने किसानलाई ऋणको व्यवस्था बजेटमा गरिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले अन्य प्रदेशको तुलनामा सबैभन्दा कम आकारको बजेट आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको छ। आगामी आवका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट ल्याएको छ, जुन अन्य प्रदेशको तुलनामा कम हो। पुँजीगततर्फ १७ अर्ब दुई करोड २४ लाख रुपैयाँ बजेट छुट्याएको छ। यसैगरी, चालूतर्फ ९ अर्ब ५९ करोड ६० लाख रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३० करोड रुपैयाँ छुट्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *