सीटीईभीटीको डिप्लोमा तथा प्रि-डिप्लोमा तहको परीक्षा सर्यो : भदौमा हुने

१९ साउन, काठमाडौं : व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) ले सूचना प्रकाशित गर्दै प्राविधिक शिक्षा तथा प्रि डिप्लोमा तहको २०, २४ र २६ गते सञ्चालन हुने प्रवेश परीक्षा स्थगित गरी भदौमा सञ्चालन गर्ने जनाएको छ ।

सीटीईभीटीले डिप्लोमा / प्रमाणपत्र तहको छात्रवृत्ति तर्फको प्रवेश परीक्षा भदौ २ गते बिहान, पूर्ण शुल्कीय तर्फको भदौ ६ गते र प्रि-डिप्लोमा तहको छात्रवृति तर्फको प्रवेश परीक्षा भदौ २ गते र पूर्ण शुल्कीय तर्फको भदौ ६ गते सञ्चालन हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *