सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा सीमित हुनु हुँदैन: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने भन्दै नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न त्यहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका हुन्।

प्रधानमन्त्रीले नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेरआइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै संघीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलनको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्टाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *