सिराहामा हुने भनिएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित

८ भदौ, काठमाडौँ : एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित भएको छ ।

एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *