साल्ट ट्रेडिंगका कर्मचारी ह्त्या आरोपमा पक्राउ

पौष १२ काठमाडौ, हत्यमा संलग्न रही फरार रहेका साल्ट ट्रेडिंगको अंचल कार्यालय कास्कीका जिन्सी प्रमुख, दोलखा भिमेश्वर नगरपालिका १ घर भई सामाखुसी बस्ने ३० बर्षीय प्रकाश भन्ने मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

२०६३ साल असार ३२ गते गुल्मी शान्तिपुर धुवाकोट ९ स्थायी घर भई काठमाडौँ महानगरपालिका २९ सामाखुसी बस्ने १८ बर्षीय बैकुण्ठ राना मगरलाई सामाखुसी रानीवारी चोकमा ६/७ जनाको समूहले फलामको पाताले प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा २०६३ साउन १ गते मृत्यु भएको घटनामा संलग्न रही तत्काल फरार रहेका श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शनिबार कास्की प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

अभियुक्त मिलन श्रेष्ठले २०६६ सालमा साल्ट ट्रेडींगमा खरिदारको पदमा जागिर खाई वाग्लुङ गएको र हाल निज साल्ट ट्रेडिंगको अंचल कार्यालय कास्कीमा जिन्सी प्रमुखको रुपमा कार्यरत रहेको भन्ने सूचनाका आधारमा खोज तलास गर्ने क्रममा कास्की पृथ्वीचोकमा फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।
श्रेष्ठलाई थप आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *