सालझण्डी–ढोरपाटन नगरपालिकामा पहिरो खसेर सडकखण्ड अवरुद्ध

१९ साउन , काठमाडौँ : अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै बिहीबार दिउँसो खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।
बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेतापनि अहिलसम्म पन्छाउन सकिएको छैन ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भने, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *