सार्वजनिक खरिद नियमावलीलाई संशोधन गरी समयसापेक्ष बनाउनुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन गरी वर्तमान आवश्यकतासँग मिल्ने गरी बनाउने तयारीमा रहेको बताएका छन् । ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।

उनले अहिले भएको सार्वजनिक खरिद ऐन धेरै पुरानो भएको भन्दै वर्तमान प्रविधिसँग मिल्ने नियमावली संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ–नयाँ प्रीवधिको विकास भएर एक सेकेण्डमा विश्वभर सूचना पुग्ने अवस्थामा पनि ३५ दिने सूचना भएको नियमावली बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले सार्वजनिक खरिद ऐनकै कारण सयौँ आयोजनाहरु अलपत्र परेर बसेको बताए । उनले सार्वजनिक खरिद ऐनबाट सरकार र विकास निर्माणका आयोजनापीडित रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *