सारुक ताम्राकारका पिता सानु ताम्राकार आईसीयूमा भर्ना

१४ साउन , काठमाडौं : केही साताअघि मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार दिउँसो नर्भिक अस्पताल आईसीयूमा भर्ना भएका छन् ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला भन्छन् , ‘उहाँ अहिले बोल्न र चल्न सकिरहनुभएको छैन ,अहिले उहाँसँगको भेटघाट पनि बन्द गरिएको छ ।’

‘यतिबेला सारुकमो घटनाप्रति प्रहरीको छानबिन सुस्ताएको छ । छानबिनलाई चाँडो निष्कर्षमा पुर्‍याउन संघ र सारुकको परिवारले प्रहरीमा दबाब दिने तयारी गरिरहेका छौं,’ अध्यक्ष निरौलाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *