सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक

काठमाडौँ : सारिका घिमिरेको स्वरमा रहेको गीत ‘कलियुग कि राधा’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, योगेशकाजी शाहको सङ्गीत/एरेञ्ज रहेको ‘कलियुग कि राधा’ गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा सारिकालाई नै फिचरिङ गरिएको छ । भिडियोमा दिनेश पराजुलीको छायांकन र अनिता ग्वाचाको श्रृङ्गार छ । गीतको भिडियो सारिकाकै अफिसियल युट्युव च्यानलमार्फ सार्वजनिक गरिएको हो ।

नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । उनका केही गीत करोडौं क्लबमा समेत पर्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *