सामाजिक जीवनमै खोट पुग्नेगरी कारबाही गर्ने एमालेको धम्कि पछि कोमल ओलीको उम्मेदवारी फिर्ता, सुन ब्यापारीलाई टिकेट

दाङ – दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदारी दिएकी गायिका कोमल ओलीले आफ्नो उम्मेदवार फिर्ता लिएकी छन् । कसैले भन्दैमा आफूले उम्मेदवार फिर्ता नलिने अडान लिएकी ओलीले निर्वाचन कार्यालयले तोकेकै समयभित्र अाफैं उपस्थित भएर उम्मेदवार दर्ता रद्द गरेकी हुन् । आजै दिउँसो १ बजेसम्म उम्मेदवार दाबी विरोध र फिर्ता लिने समय तोकिएको थियो ।

चुनाव जितको भोज खानकै निम्ति चुनावी मुखैमा राप्रपाबाट एमाले बनेको आरोप लागेकी ओलीलाई एमाले नेतृत्वले पार्टीको प्रत्यक्षतर्फको आधिकारिक उम्मेदावर बनाउने कुराले विश्वस्त तुल्याए पनि अन्तमा अर्कै सुन व्यावसायी हिराचन्द्र केसीलाई आधिकारिक उम्मेदवार उठाएपछि रुष्ट बनेकी थिइन् । त्यसपछि उनले स्वतन्त्रबाटै जित्छु भन्दै सोही क्षेत्रबाट उम्मेदवार दर्ता गरेकी थिइन् ।

तर आधिकारिक उम्मेदवार केसी सक्रिय राजनीति नभई एक सुनचाँदी व्यवसायी मात्र भएको भन्दै यहाँका सबैजसो मतदाता र कार्यकर्ता रुष्ट बनेका छन् ।
उम्मेदवार फिर्तासँगै आफूले अब एमाले–माके गठबन्धनलाई सहयोग गर्ने तर प्रचारमा नहिड्ने बताइन् । उम्मेदवारी फिर्ता नलिए सामाजिक जीवनमै खोट लाग्ने गरी कारवाही गर्ने दबाब एमाले पार्टी केन्द्रबाट आएपछि ओलीले हार खाएको एमाले जिल्ला नेताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *