साफ यू–१९ च्याम्पियनसिपः घरेलु मैदानमा नेपाल पाकिस्तानसँग पराजित

५ असोज, काठमाडौँ : यू–१९ साफ च्याम्पियनसिप प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा घरेलु टोली १–० ले पराजित भएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ७६ औं मिनेटमा अली जफरले गोल गरेपछि पाकिस्तानले दोस्रो हाफमा अग्रता लिएको थियो । यसअघि आज भएको प्रतियोगिताको पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । यी जितसँगै पाकिस्तान र भारत आ–आफ्ना समूहको शीर्ष स्थानमा छन् । यस वर्षको साफ प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘बी’ मा भुटानसँगै भारत र बंगलादेश छन् ।

प्रतियोगितामा आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान समूह ‘ए’ मा छन् । प्रतियोगिताको प्रत्येक समूहबाट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *