साफ च्याम्पियनसिप निकै चुनौतिपूर्ण: कप्तान किरणकुमार चेम्जोङ

काठमाडौं ।साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली पुरुष फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीलाई विदाई गरिएको हो। नेपालले साफ च्याम्पियसिप अघि ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ।

बिदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार चेम्जोङले नयाँ टिमबाट राम्रो नतिजाका लागि खेल्ने बताए। उनले छोटो समयको तयारीका बाबजुत पनि फिलिपिन्ससँगको खेलपछि नेपाली टोलीको साफमा कस्तो प्रदर्शन रहने थाहा हुने बताए। भारतमा आयोजना हुन लागेको टोलीमा मिडलिस्ट टोली पनि सहभागिता जनाउनुले साफका स्तर बढ्ने बताउँदै साफ प्रतियोगिता प्रतिष्पर्धात्मक हुने अपेक्षा राखे। अहिले टोलीमा केही नयाँ अनुहार जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि डेब्यु नगरेको भन्दै प्रतियोगिता नेपालका लागि निकै चुनौतिपूर्ण रहेको कप्तान किरणले बताए। साविक विजेतासहित कुवेत जस्ता बलिया टोली भएकाले नेपालका लागि अघिल्लो चरण प्रवेश गर्नका लागि ठूलो चुनौति भएको उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *