साफ च्याम्पियनसिपका लागि ३० सदस्यीय टोलीको घोषणा

काठमाडौं । असारमा हुने साफ च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ।​ नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपको १४औँ संस्करण असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुँदैछ। प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन् ।

असार ६ मा हुने पहिलो खेलमा नेपालले कुवेतको सामना गर्नेछ। नेपालले असार ९ मा आयोजक भारत तथा असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *