साइप्रस पठाउने अमर सुमित्रा कन्सल्टेन्सीका संचालक पक्राउ

कार्तिक २६ काठमाडौ, साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगवुका संचालक म्याग्दी भकिल्मी २ का ४० वर्षीय अमर बहादुर बि.क.लाई बुधबार बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

बि.क.ले ओखलढुङ्गाका उत्तम कुमार श्रेष्ठ, धादिङका कृष्ण ढकाल, रुकुमका चन्द्रे भुपाल पुन, बल बहादुर वली र उपेन्द्र के.सी.लाई कन्सल्टेन्सीबाट साइप्रसमा पठाउने ४ लाख ४५ हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्क विहीन भएका थिए ।

बि.क.पक्राउ गरे पश्चात राजेशराज मैनाली, पिताम्बर श्रेष्ठ, खयन्द्र श्रेष्ठ, संजय श्रेष्ठ, सन्दीप थापा, नवराज श्रेष्ठ र मोहन बहादुर श्रेष्ठसँग समेत साइप्रस पठाउने भनी ७ लाख रुपैयाँ लिएको बुझिएको छ । बि.क.लाई ठगी मुद्धामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

नबिन बुढा एम्पुल नुर्फिन सहित पक्राउ

यस्तै, अछाम हिचमा ८ बस्ने २२ वर्षीय नबिन बुढालाई २०० एम्पुल नुर्फिन, २०० एम्पुल डाईजेपाम र २०० एम्पुल फेनारगनसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ । बिरगंज उपमहानगरपालिका १९ स्थित रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा बुढाको साथमा उक्त लागू औषध फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको सूचना खबरलाई जानकारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *