सांसद बन्न पार्टीलाई पैसा दिएको छैन्: ढाका कुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।

श्रेष्ठले विज्ञप्ति जारी गर्दै तीन करोड रूपैयाँ पार्टीलाई बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका हुन् । उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन् ।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताएका छन् ।

उनले आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *