सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौं। सहकारीको रकम तिर्न नसकेपछि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि सम्पर्कविहीन भएका हुन् ।

कुनै बेला घरको छतमा हेलिकोप्टर रोक्ने,नेताहरूलाई आफ्नो प्रभावमा पारेका नेपालीले सहकारी संस्थाको रकम हिनामिना पनि गरेको सेयर सदस्यहरूको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *