सलिनाले जितेकी मिस ग्राण्ड नेपालको उपाधि

१६ भदौ, काठमाडौँ : काठमाडौंको जमलस्थित नेशनल डान्स हलमा सम्पन्न मिस ग्राण्ड नेपाल २०२३ को उपाधि सलिना नेपालले जितेकी छिन् ।

उनले उपाधिसँगै इलेक्ट्रिक स्कुटर पनि जितेकी छिन् । छनोट भएका पाँच प्रतियोगीमध्ये प्रसांश उप्रेतीले फेस अफ ब्यूटी इन्टरनेशनल नेपाल, करुणा दाहालले मिस औरा इन्टरनेशनल नेपाल, ब्रिटिना आले मिस ग्राण्ड युनिभर्सल नेपाल र लक्ष्मी बुढा मगर मिस ग्लोबल इन्टरनेशनल नेपालको उपाधि जिते । पाँचैजनाले जनही एक लाख नगद र अन्य विभिन्न उपहार प्राप्त गरे ।

प्रतियोगिताको निर्णायकमा मोडल दीपक घिमिरे, मिस एसिया कप तथा मिस टुरिजम आस्था शाखा, संगीतकार सरोज प्याकुरेल र रामहरि सिलवाल थिए । आरके इन्टरटेनमेन्ट ग्रुपले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *