सर्वोच्च अदालतले पाकिस्तानी नागरिक अब्दुललाई दिए रिहा गर्न आदेश

१८ भदौ, काठमाडौँ : सर्वोच्च अदालतले आइतबार अध्यागमन विभागलाई पाकिस्तानी नागरिक मोजम अब्दुल हाइलाई जेलबाट रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले पाकिस्तानी नागरिकलाई जेलबाट रिहा गरी स्वदेश फिर्ता गर्न विभागलाई आदेश दिएको हो । भिसा म्याद थप नगरी नेपालमा बसेको अभियोगमा पाकिस्तानी नागरिक अक्टोबर ७, २०१९ देखि नेपाली कारागारमा छन् ।

विभागले उनीसँग ८२३ दिनसम्म भिसाबिना नेपाल बसेबापत रु ७ लाख ८१ हजार ३ सय ८९ भिसा शुल्क र रु ५० हजार जरिवाना असुलेको थियो । उक्त रकम जम्मा नगरेपछि विभागले पाकिस्तानी नागरिकलाई सात वर्षको जेल सजाय सुनाएको थियो । अब्दुलले आफ्नो रिहाइ र स्वदेश फिर्ताको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *