सर्वोच्च अदालतले अधिवक्ता केसीलाई थुनामा राख्न दियो अनुमति

१६ भदौ, काठमाडौँ : सर्वोच्च अदालतले बलात्कारको आरोपमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोजबहादुर केसीलाई थुनामा राख्न अनुमति दिएको छ ।

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेपछि केसीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । तर केसीलाई प्रहरीले पक्राउ गर्न आएपछि मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचारका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । तर भोजबहादुरका तर्फबाट शरण मिजारले अस्पतालमै रहँदा सर्वोच्च अदालतमा बन्दी कोष दर्ता गरेका थिए ।

साउन २० गते कायममुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कैदीसहित अदालतमा उपस्थित हुन कारण देखाउ आदेश दिएको थियो । थानकोट प्रहरी वृत्तले कागजपत्र बुझाएपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले बन्दी प्रत्यय खारेज गरेको हो । यससँगै प्रहरीले उनलाई हिरासतमा राख्न अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *