सर्वदलीय बैठकमा सहमति, बागमती प्रदेश सभा बस्ने

२५ भदौ, काठमाडौँ : आइतबार बसेको सर्वदलीय बैठकमा सत्तारुढ दल र प्रतिपक्षबीच सहमति भएपछि वाग्मती प्रदेशसभाको बैठक पछि बस्ने भएको हो ।

विपक्षी दलले बैठक अवरुद्ध गरेपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आजको बैठकमा सरकार विपक्षी दलका मागलाई प्रक्रियागत रुपमा सम्बोधन गर्न सहमत भएको छ । यससँगै अबको गतिरोध हटेर प्रदेशसभा नियमित सञ्चालन हुनेछ ।

एमाले र राप्रपाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्दा भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै प्रदेशसभा अवरुद्ध गर्दै आएका छन् । यसअघिको सहमतिअनुसार सरकारले एमालेलाई ४५ करोड र राप्रपालाई २५ करोड बराबरको योजना तथा कार्यक्रम विनियोजन गर्ने निर्णय गरेको थियो । सत्तारुढ दल र प्रतिपक्षबीचको छलफलले ठोस निष्कर्षमा पुग्न नसकेपछि भदौ ४ गतेदेखि प्रदेशसभा स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *