सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको छ :मन्त्री शर्मा

काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताएकी छन् । शुक्रबार जनकपुर पुगेकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारविरुद्ध दृढतापूर्वक उभिएको बताएकी हुन् ।

सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताइन् । उनले सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मूलकमा मसान्तवादको अवशेषको रूपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानून अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको बताइन् । शर्माले केही असन्तुष्टिहरू भएपनि त्यसलाई बिस्तारै समाधान गरेर जाने बताइन् । कानून बिस्तारे संशोधन गर्दै जाने भएको कारणले मिटरब्याज सम्बन्धी कानूनमा देखिएको समस्यालाई संशोधनमार्फत हल गर्ने मन्त्री शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *