सरकारी वकिलहरूको बहस समाप्त, प्रतिवादीहरूको बहस सुरु

१९ भदौ, काठमाडौँ – बालुवाटारस्थित ललिता निवास शिविरभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको बहस सकिएको छ ।

सोमबार बहस भएको सरकारी वकिलमा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता जनकप्रसाद घिमिरे र वासुदेव शर्मा तथा सहायक जिल्ला न्यायधिवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवाली थिए । आइतबार पनि न्यायाधीश भोलानाथ ढकालको इजलासमा चार सरकारी वकिलले बहस गरेका थिए ।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुले बहस सुरु गरेका छन् । प्रतिवादीका तर्फबाट शिवाजी भट्टराई, रुद्रकुमार श्रेष्ठ र बालकृष्ण श्रेष्ठको बहस सकिएको छ । मुद्दामा पक्राउ परेका १८ मध्ये अब १५ जनाको बहस बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *