सरकारले नीति तथा कार्यक्रम भन्दा फरक बजेट ल्याएको छः माधव नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बताएका छन्।

समाजवादी प्रेस संगठनका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बजेट नीति तथा कार्यक्रम भन्दा फरक आएको बिषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत जानकारी गराइएको बताए।

जवाफमा प्रधानमन्त्रीले समयको अभावमा बजेटका बारेमा छलफल अन्तक्र्रिया गर्न नपाएको र आगामी बजेटमा यसर्लाइ ध्यान दिने भन्दै आश्वस्त तुलाएको नेपालले बताए। उनले दलहरुबीच केही मतभेद हुनसक्ने भएपनि अहिले गठबन्धनको बिकल्प नरहेको जिकिर समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *