सरकारले गरेका पछिल्ला निर्णयहरुमा सभापति देउवा एक्लैको निर्णय हो: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीको आममाफी र नागरिकता विधेयक प्रमाणीकरण जस्ता विषय पार्टी सभापति शेरबहादुर देउवाको एकल सहमतिमा भएको दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित प्रेस युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यो दुई निर्णय कांग्रेसको नभएको दावी गरेका हुन् ।

उनले भने, ‘आममाफी, नागरिकताको विषय, प्रदेश सरकारमा सहभागिताका लागि प्रदेशको मन्त्रालय तोडफोड, सांसद विकास कोषलगायत यी सबै विषय कांग्रेसको पार्टी सभापतिले एक्लै गर्नुभएको निर्णय हो । यो निर्णय मैले तपाईंहरुले भन्दा पछि थाहा पाएको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *