सरकारलाई दिएको समर्थनबारे जनमत पार्टीले बजेटपछि निर्णय लिने

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थनबारे बजेटपछि मात्रै निर्णय लिने भएको छ ।

काठमाडौंमा बसेको केन्द्रीय कार्य समिति बैठकले संघीय सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बिस्तारप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकार भने छोडिसकेको छ । तर समर्थन कायमै छ । संघीय सरकारसँगै मधेश प्रदेशको सरकारबारे पनि बजेटपछि निर्णय गर्ने उसको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *