समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४० सिट पाउने

पुष २, काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा हालसम्म प्राप्त मत परिणामको आंकलन भएको छ । शनिबार रातिसम्ममा ९५ लाख ३ हजार ६ सय १८ मत गणना भइसकेको छ भने आज बिहान ९:३० बजेसम्मको अपडेट अनुसार एमालेले ३१ लाख ६१ हजार २९५ मत, नेपाली कांग्रेसले ३१,११,६४३ मत, माओवादी केन्द्रले १२ लाख ९५ हजार ९०३ मत, राजपाले ४ लाख ७० हजार ४८६ मत र संघीय समाजवादी फोरम नेपालले ४ लाख ६९ हजार ४६१ मत पाएका छन् ।

दलहरूले प्राप्त गरेको अहिलेसम्मको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले६ सिट पाउने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *