समानुपातिकतर्फको सिट बाँडफाँड आज

काठमाडौ ७ पुस- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने भएको छ । समानुपातिक तर्फको मतगणना पुस २ गते नै सकिएपनि आयोगले सिट बाँडफाँड भने आजमात्रै गर्न लागेको हो । निर्वाचन आयोगको अनुसार आज दिउँसो आयोगको बैठक बस्ने र त्यसपछि औपचाकि रुपमा सिट बाडफाँटसहितको नतिजा सार्वजनिक हुनेछ ।

निर्वाचन आयोगको अनुसार राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्ने लगायतका प्राविधिक काम पूरा भैसकेकाले नतिजा सार्वजनिक गरिन लागिएको हो ।

नतिजाअनुसार आयोगले कुन प्रदेशमा कुन दलले कति सिट प्राप्त गरे भनेर छुट्याइएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *