सप्तरीमा बाढीले दर्जन भन्दा बढी गाउँ डुबान, एक सशस्त्र प्रहरी हबलदारको बाढीमा डुबेर मृत्यु

सप्तरी १८ असार – बर्खायाम सगै तराईका धेरै जसो ठाउका खोला तथा नदीहरुमा पानीको बहाब बढेर बाढीले हजारौ गाउँ बस्तिलाइ उठिबास लगाउने गरेकोछ।  विगत दुई दिनदेखि अविरल वर्षाका कारण सप्तरीका विभिन्न खोला नालामा आएको बाढीले दर्जन भन्दा बढी गाउँ डुबानमा परेको छ ।

बाढीमा परेर सशस्त्र प्रहरी हबलदार सुमन आचार्यको डुबेर मृत्यु भएको छ ।  इलाम स्थाई घर भएका सशस्त्र प्रहरी हबलदार पिलाठीस्थित वेलही भन्सारमा कार्यालयमा खटिएका थिए ।

त्यस्तै बाढीले बगाएर ल्याएको सढेगलेको एक लास पनि फेला परेको प्रहरीले जनाएको छ । सप्तरीमा दुई दिन देखि  परेको अविरल वर्षाले खाडो, त्रियुगालगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाको दुईवटा वडासहित एक दर्जन गाउँ डुबानमा परेको हो । बाढीबाट राजविराज नगरपालिका–९ र १० का साथै मैनाकरेरी, बसबिट्टी, पिलाठी, पिया, मुसरमिया, पिप्राही, रायपुर, लोनिया, रुपनी, पकरी र मलहनियालगायत गाउँ डुबानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्धार र राहतका लागि स्थानीय प्रशासनले व्यापक रुपमा प्रहरी परिचालन गरेको र बाढीमा फसेका ५०० भन्दा बढी व्यक्तिलाई सकुशल उद्धार गरेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *