सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी फिल्म ‘गदर २’

१ भदौ , काठमाडौं : ‘गदर २’ शाहरुख खान स्टारर फिल्म ‘पठान’ पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी फिल्म बनेको छ । भारतीय बक्स अफिसमा रिलिज भएको मात्र ६ दिनमा फिल्म ‘गदर २’ को कुल कमाइ २६१.३५ करोड भारु पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार पनि फिल्मले ३२.३७ करोड भारु ग्रस कमाएको छ ।

शाहरुख खानको फिल्म पठान (५४३.०५ ) करोड भारुले मात्रै अगाडि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *