सन्दीप लामिछानेविरुद्धको मुद्दा सुनुवाइ भएन

११ भदौ, काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुन सकेको छैन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइका लागि तोकिएको मुद्दामा सुनुवाइका लागि पर्याप्त समय नरहेको भन्दै खारेज गरिएको हो ।

सन्दीपविरुद्ध गत वर्ष ३१ अक्टोबरमा एक नाबालिग बलात्कारको आरोपमा अदालतमा मुद्दा दायर भएको थियो ।

सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ ५ नम्बर न्यायाधीश पण्डितको इजलासमा हुने थियो । तर चारवटा मुद्दाको सुनुवाइ भइसके पनि पाँचौंदेखि तलका सबै मुद्दा सुनुवाइ गर्न नसकिने सूचीमा परेका छन् ।

सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर ७ मा हुने भएकाले सन्दीपलाई प्रतियोगितामा खेल्न पाकिस्तान जाने अनुमति दिइएको छ । एसिया कपको उद्घाटन खेल सेप्टेम्बर ९ मा नेपाल र पाकिस्तानबीच हुँदैछ । खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *