सन्दीप लामिछानेः पीडितको कागजात पेश गर्न अदालतको आदेश

२२ भदौ, काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले पीडितको जन्मदर्तासम्बन्धी थप कागजात पेश गर्न आदेश दिएको छ ।

न्यायधिश शकुन्तला कार्कीको इजलासले पीडित बालिकाको बसाइ सराइको अभिलेख पेश गर्न आदेश दिएको हो । पीडित परिवार विसं २०६९/१०/१५ मा काठमाडौंबाट नुवाकोट बसाइ सरेको थियो । अदालतले बसाइँसराइका क्रममा काठमाडौंको स्थानीय तहमा बुझाएको कागजात बुझाउन आदेश दिएको छ ।

मुद्दाको निरन्तर सुनुवाइका लागि अदालतले सात दिनभित्र अभिलेख पेश गर्न आदेश दिएको छ । यसअघि मुद्दाको अन्तिम सुनुवाई भदौ २७ गते हुने भनिए पनि सुनुवाइ हुन सकेको थिएन । त्यसलगत्तै लामिछाने भदौ २८ गते एसिया कप खेल्न पाकिस्तान गएका थिए । सर्वोच्चले मुद्दाको छिट्टै सुनुवाइ गर्न आदेश दिएपछि काठमाडौं जिल्ला अदालतले भदौ २४ गते अन्तिम सुनुवाइको मिति तोकेको थियो ।सन्दीपविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतको न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइका लागि तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *