सनी देओल स्टारर फिल्म ‘गदर २’ २०० करोड क्लबमा प्रवेश

३१ साउन , काठमाडौं : गत शुक्रबार रिलिज भएको सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरी फिल्मले पाँचौ दिनमा २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । ४० करोडबाट खाता खोलेको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७ करोड र चौथो दिन ३८.७ करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५ करोड गरी कुल २२८ करोड भारु कमाइ गरेको छ ।

अनिल शर्माले निर्देशन गरेको यस फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *