सनी देओलको ‘गदर २’ र अक्षय कुमारको ‘ओह माइ गड २’ हलमा लाग्यो

२६ साउन , काठमाडौं : सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ र अक्षय कुमार स्टारर ‘ओह माइ गड २’ शुक्रबारदेखि नेपालमा रिलिज भएका छन् ।

रिलिज भएका दुवै बलिउड फिल्म यसअघिका हिट फिल्मका सिक्वेल हुन् । अनिल शर्माद्धरा निर्देशित एक्सनड्रामा जनराको ‘गदर २’ को लम्बाइ दुई घण्टा ५० मिनेट छ । भने अमित राय निर्देशित व्यंग्य कमेडी ड्रामा जनरामा रहेको फिल्म ‘ओह माइ गड २’ को लम्बाइ दुई घण्टा ४७ मिनेट रहेको छ ।

यी दुबै फिल्म ‘गदर २’ र ‘ओह माइ गड २’ पीजी सर्टिफिकेट र एडल्ट सर्टिफिकेट पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *