सत्ता गठबन्धन फेरिन्न: अर्थमन्त्री महत

काठमाडौं । सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धन फेर्ने कुरा अफवाह मात्र भएको बताएका छन् ।

प्रेस युनियन कास्कीको पत्रकार भेटघाटमा उनले दलहरूसँग छलफल गर्नु सामान्य भएको बताए । ‘सबै अफवाह हो । भ्रम हो । संसद्मा सबै दलसँग छलफल त हुन्छ, छलफल हुँदैमा सत्ता गठबन्धन फेरिने होइन,’ उनले भने, ‘अहिले चलेको हल्ला मात्र हो । सत्यता छैन । हामी निश्चित लक्ष लिएर चलेका छौँ ।’ उनले अहिले गठबन्धन नफेरिने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *