सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

३१ साउन, काठमाडौं : बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *