सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

२४ भदौ, काठमाडौँ : झापाको कमल गाउँपालिकामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ३० वर्षीय वीरेन्द्र सहनी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सहायक निरीक्षक यम खड्काले जानकारी दिए ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सहनी मे २ प ५९२३ नम्बरको मोटरसाइकलमा सवार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *