संसद बैठकमा गौचन हत्याको विरोध

काठमाडौ २४ असोज – संसदको बैठकमा धेरै जसो सांसदले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको विषयमा आपत्ति जनाएका छन् । गौचनको साेमबार दिउँसो काठमाडौंको शान्तिनगरमा गोलि हानी हत्या भएको थियो ।

सांसदहरु कांग्रेसका दीपक गिरी, रोमी गौचन थकाली, एमालेका जनार्दन ढकाल, माओवादी केन्द्रका रामनारायण विडारी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, नेमकिपाका प्रेम सुवाल लगायतले समय लिएर बोल्दै हत्याको भत्सर्ना गरेका हुन् । दिनदहाडै व्यवसायीको गोली प्रहारबाट हत्या हुनुले देशको सुरक्षा व्यवस्थामा चुनौति दिएको संसदहरुले बताए ।

घटनाप्रति सरकार र गृहमन्त्रालय गम्भीर हुनुपर्ने सांसदहरुको भनाइ छ । माओवादी केन्द्रका सांसद रामनारायण विडारीले चुनावको पूर्व सन्ध्यामा व्यवसायीको हत्या हुनुले चुनावी वातावरण विथोल्ने आशंका गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *