संसदीय सुनुवाइ समितिले न्यायाधीश विनोद शर्मालाई सर्वसम्मतिले अनुमोदन

२९ भदौ, काठमाडौँ : संसदीय सुनुवाइ समितिले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले शर्मालाई सोधपुछ गरी अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिमा शर्माविरुद्ध एउटै उजुरी नपरेपछि उनको मनोनयन लगत्तै सुनुवाइ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *