संविधान दिवसमा राष्ट्रपतिले दिए ६७० कैदीलाई माफी

३ असोज, काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० कैदीलाई माफी दिएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार फौजदारी कसुर (दण्ड र प्रवर्तन) ऐन, कारागार नियमावली, सर्वोच्च अदालतको निर्देशन र ज्येष्ठ नागरिक ऐनमा उल्लिखित व्यवस्थाबमोजिम यो माफी थपिएको हो ।

भदौ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसलाई कार्यान्वयन गर्दै राष्ट्रपति पौडेलले भदौ २० गतेदेखि लागू हुने गरी बाँकी कैद सजाय माफी दिएको राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *