संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरीले हिरासतमा यातना दियो

फागुन ३० काठमाडौ,संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको आरोप लागेको छ । रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे र स्थानीय युवाहरुले फोरम नेताहरुलाई हत्कडी लगाएर प्रहरी हिरासतमा यातना दिएको आरोप लागेको हो ।

फोरम नेपालका केन्द्रीय सदस्य बसीउद्दीन खाँ, जिल्ला सदस्य नजाबुद्दीन मुसलमान, राजकुमार यादव र जमाल खाँलाई प्रहरीले गैरकानूनी ढंगले यातना दिएको बताइएको छ ।एमालेको मेची–महाकाली अभियानको बेला मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रहरीले फोरम नेपालका नेताहरुलाई आइतबार पक्राउ गरेको थियो ।

मोर्चाका ती चार जना नेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् । आफ्ना नेताहरुलाई प्रहरीले पक्राउ गरी यातना दिएको विरोधमा मोर्चा आन्दोलनको तयारीमा जुटेको छ ।रुपन्देहीका डिएसपी पाण्डे र उनले बोलाएका गैरमधेशी स्थानीय युवाहरुको समूहले हतकडीमै रहेका चार जना नेताहरुलाई जिप्रकाको प्रतिक्षालयमा निर्घात कुटपिट गरिएको संघीय समाजवादी फोरम नेपालका रुपन्देही अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।

‘पहिले रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे आफैले प्रतिक्षालयमा निर्धात कुटपिट गरेको र त्यसपछि सरोज पुन लगायत भैरहवाका केही गैरमधेशी युवाहरुलाई बोलाई डिएसपी पाण्डेले कुट्न लगाएका थिए’ ।
आइतबार सडकमा टायर बालेको देखेर सि.न.पा. ८ बस्ने सरोज पुनले अपशब्द गाली गलौच गर्दै स्थानीय एक युवालाई कुटपिट गरेपछि आक्रोशित स्थानीयले पुनको स्कुटी जलाएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *