संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ

२८ भदौ, काठमाडौँ : संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ ।

राष्ट्रियसभाको बैठक दिउँसो २ः३० बजे र प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे सुरु हुनेछ । प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । । यसबाहेक आजको बैठकका अन्य एजेण्डा भने तय भएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *